काठमाडौँ ।
काठमाडौं महानगरका मेयर बालेन शाहले शनिबार मध्यराति सामाजिक सञ्जालमा गरेको अश्लील र विवादास्पद स्टाटसले देशभर राजनीतिक हलचल चलिरहेका बेला शिक्षा मन्त्री महावीर पुन पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा बहसमा उत्रिएका छन्।
मेयर बालेनको स्टाटस हटिसक्दासमेत त्यसको असर रोकिएको छैन। यसैबीच मन्त्री पुनले फेसबुकमार्फत बालेनलाई लक्षित कटाक्षपूर्ण टिप्पणी गरेका छन्।
मन्त्री पुनले सामाजिक सञ्जालमा लेखे— “केही–केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला–बेला सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ।
सर्को ताने पनि केही छैन, तर सर्को तानेको बेला केही पनि नबोल्न र नलेख्न अनुरोध छ।”
उनको यो टिप्पणी सरासर बालेनलाई संकेत गर्दै गरिएको स्पष्ट देखिएको छ, किनकि टिप्पणी बालेनको विवादित स्टाटस सार्वजनिक भएपछि आएको हो।







