काठमाडौँ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शनिबार मध्यराति गरेका विवादास्पद अभिव्यक्तिले देशभरको राजनीतिक वातावरण नै तताएको छ।

उनले आफ्नै स्टाटसमा एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा लगायत सबै राजनीतिक दल र विदेशी शक्तिहरूलाई एकैपटक अपमानजनक शैलीमा उल्लेख गरेपछि सामाजिक सञ्जालमा तूफान उठेको छ।

यो विवाद बढ्दै जाँदा नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले बालेनलाई देशको सुरक्षामाथिको खतरा भन्दै सरकारलाई तुरुन्त गिरफ्तार गर्न माग गरेका छन्।

रिजालका आरोप : “सिंहदरबार जलाउने मतियार बालेन”

रिजालले आइतबार बिहान सामाजिक सञ्जालमा लेखे— “बालेन शाहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्।”“नेपालमा गाँजा प्रतिबन्धित छ। बालेन सिंहदरबार जलाउने मतियार हुन्।” “गृहमन्त्री ओमप्रकाश अर्यालले बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ, नत्र अराजकता र मुठभेड बढ्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय