काठमाडौँ।
काठमाडौंका मेयर बालेन शाहको मध्यरातको विवादास्पद स्टाटसले राजनीतिक वृत्त मात्रै होइन, रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) भित्र समेत असामान्य प्रतिक्रिया जन्माएको छ।
सामान्यतया बालेनले कांग्रेस, एमाले, माओवादीजस्ता पुराना पार्टीलाई आक्रमण गर्दा रास्वपा समर्थक र कतिपय नेतासमेत चुपचाप खुसी देखिने गर्थे।
तर यो पटक उनीहरू आफ्नै पार्टी र नेताको नाम पनि बालेनले ‘गाली सूची’ मा राखिदिएपछि सामाजिक सञ्जालमा ताते–उग्र प्रतिक्रिया सुरु भएको छ।
बालेनले मध्यराति लेखेको स्टाटसमा अमेरिका, भारत, चीन जस्ता शक्तिशाली राष्ट्रदेखि
कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा सबैलाई एकैपटक गाली गर्दै यस्तो दाबी गरेका थिए— “यी सबै मिलेर पनि केही गर्न सक्दैनन्।” “सबै फेल, सबै भ्रष्ट।”
स्टाटस उनले केही मिनेटमै हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जाल तातिएको छ।
रास्वपा किन आक्रोशित ?
रास्वपा भित्र ‘हामीलाई त साथ दिन्छ’ भन्ने भ्रममै बसेका धेरैलाई झट्का पर्यो।
बालेनले पहिले पुराना ठूला दललाई कठोर आलोचना गर्दा रास्वपा समर्थकलाई लाग्थ्यो— “बालेन हाम्रो लाइनमा छ।” “रास्वपा जस्तै पुरानालाई चुनौती दिने नेता हो।”तर अब बालेनले रास्वपाको नामै लिएर ‘सबै फेल’ भनिदिएपछि,
उनीहरूमा एकाएक अचम्मित हुन् पुगेका छन् ।
केही हप्ता अघि बालेन-घिसिङ गठबन्धन रास्वपाबाट असन्तुष्ट नेताहरू बालेनकहाँ जाने चर्चा एकाएक बढेको थियो। यही माहोलमा बालेनले रास्वपालाई नै आक्रमण गरिदिदाँ रास्वपा भित्र लागेको धक्का अझ बलियो भएको विश्लेषकहरू बताउँछन्।
बालेन–घिसिङ टिमले नयाँ पार्टी दर्ताको तयारी गरिरहेको हल्लाबीच बालेनको यो स्टाटसलाई रास्वपाका नेताहरूले “कमजोर बनाउने रणनीति” भनेर बुझ्दै आक्रोश पोखिरहेका छन्।






