काठमाडौँ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पुनः एकपटक आफ्नै अभिव्यक्तिका कारण ठूलो विवादमा तानिएका छन्।
बालेनले गएराति ११:५६ बजे फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै अमेरिका, भारत, चीन जस्ता शक्तिशाली देशसमेतलाई कठोर शब्दमा गाली गरेका थिए। यस्तै, उनले एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा लगायत सबै प्रमुख दललाई लक्षित गर्दै अपमानजनक अभिव्यक्ति प्रयोग गरेका थिए।
स्टाटस पोस्ट भएको केही मिनेटमै ठूलो आलोचना सुरु भएपछि उनले आफ्नो पोस्ट डिलिट गरेका छन्।
सार्वजनिक पद र पदको मर्यादाविपरीत अशोभनीय भाषा प्रयोग गरेको, अन्तर्राष्ट्रिय सम्बन्धमा नकारात्मक असर पार्ने अभिव्यक्ति दिएको ,सबै प्रमुख राजनीतिक दलप्रति अपमानजनक टिप्पणी भन्दै उनको आलोचना हुन् थालेपछि अचानक स्टाटस हटेको छ ।
सोशल मिडियामा धेरैले बालेनको शैलीलाई “अप्राकृतिक, असन्तुलित र जिम्मेवार पदको मानमर्यादा नभेट्ने” भन्दै आलोचना गरेका छन्।
कसैले भने–“काठमाडौँ महानगरका मेयरको भाषाले देशको कूटनीतिक छवि नै बिगार्छ।”
तर केही समर्थकले भने बालेनको “सिधा बोली र नडराउने शैली नै उनको पहिचान” भएको भन्दै बचाउ पनि गरेका छन्।







