मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।
सिन्धुपाल्चोकस्थित मेलम्ची नदी नाकोटे जलमापन केन्द्रमा गएराति जलसतहले खतराको तह पार गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कताका अपनाउन भनेको छ ।
साथै सुरक्षित स्थानमा बस्न/जान पनि सचेत गराइएको छ ।