संखुवासभा । धर्मदेवी नगर कार्यपालिकाकी सदस्य देवकुमारी कार्कीको हृदयघातका कारण शनिबार बिहान निधन भएको छ। नगरपालिकाको वडा नम्बर ८ निवासी कार्कीको आकस्मिक निधनले स्थानीय समुदाय स्तब्ध बनेको छ।

कार्कीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै धर्मदेवी नगरपालिका प्रमुख उदय चन्द्र पौडेलले विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा कार्कीको असामयिक निधन नगरपालिकाका लागि ठूलो क्षति भएको उल्लेख गरिएको छ।

आइतबार शोक विदा घोषणा

नगरपालिकाले कार्कीको सम्मानमा आइतबार एक दिन शोक विदा घोषणा गरेको छ।

नगरपालिकाअनुसार—

सो दिन नगरपालिका कार्यालय,

नगरपालिका अन्तर्गतका सबै शाखा,

स्थानीय संघ–संस्था र विद्यालयहरू

मा आकस्मिक सेवा बाहेकका सबै काम बन्द रहनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय