काठमाडौं । नेकपा एमालेका युवानेता तथा राष्ट्रिय युवा संघ नेपालका प्रबक्ता निरोज पौडेलले अभियन्ता डा. निकोलस भुसाललाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेका छन्।

उनका अनुसार डा. निकोलसले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकका निवासमा आक्रमण गर्न उक्साउने तथा धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्।

सामाजिक सञ्जालमार्फत पौडेलले लेखे—

“डा. निकोलस नामक व्यक्तिले भोलि केपी ओली र रमेश लेखकका घरमा आक्रमण गर्ने आह्वान गरिरहेको छ। सरकारले तुरुन्त नियन्त्रणमा नलिए, हामी आफ्नै उपाय अपनाउन बाध्य हुन्छौँ।”

हाम्रोसँगको कुराकानीमा उनले थपे—

“प्रहरीले तत्काल कारबाही गरेन भने, राष्ट्रिय युवा संघ माइतीघर पुगेर उनलाई पक्राउ गरी नेपाल प्रहरीले बुझाउनेछ।”

पौडेलले कुनै पनि व्यक्तिले राजनीतिक नेतामाथि हमला वा आक्रमणको आह्वान गर्ने अवस्था राष्ट्रिय सुरक्षामै खतरा हुने उल्लेख गर्दै भने—

“राज्यले सुरक्षा नदिए, हामी चुप बसेर हेरेर बस्दैनौँ। प्रतिवाद हाम्रो दायित्व हो।”

उनले सरकारलाई अन्तिम चेतावनी दिँदै भने—

“डा. निकोलस भुसाललाई तुरुन्त गिरफ्तार गरियोस्,
नत्र भोलि राष्ट्रिय युवा संघ कानूनी प्रक्रियाअनुसार आफैँ अग्रसर हुनेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय