नेकपा (एमाले) सचिवालयको ५९औं बैठक शनिबार अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर–गुण्डुस्थित निवासमा झन्डै पाँच घन्टा चल्यो। बैठकमा अध्यक्ष ओलीले महत्वपूर्ण राजनीतिक संकेत गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा नेपाली कांग्रेस पनि अन्ततः आउँने दाबी गरे।

बैठकमा सहभागी नेताका अनुसार ओलीले भने —
“प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा अब एमालेको मात्र एजेन्डा होइन। कांग्रेसको नेतृत्व तहसँग पनि कुरा भइरहेको छ। कांग्रेसभित्र प्रचारवाजी धार (गगन–विश्वप्रकाश) सहमत छैन, तर राजनीतिक धार सहमत छ।”

अर्थात् ओलीले कांग्रेसभित्रको द्वन्द्वलाई इंगित गर्दै कांग्रेस अन्ततः पुनःस्थापनामा आइपुग्छ भन्ने विश्वास व्यक्त गरे।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, प्रतिनिधि सभा पुनःस्थापनाका लागि एमाले सडकदेखि केन्द्रसम्म उत्रिन्छ—

कात्तिक २२ – ६,७४३ वडामा भेला

कात्तिक २५ – पालिका तहमा प्रदर्शन

कात्तिक २९ – जिल्ला जनसभा

मंसिर ६ – काठमाडौंमा महासभा

ओलीको भनाइमा, सुशीला कार्की नेतृत्वको सरकार चुनाव गराउन असमर्थ भएकाले पुनःस्थापनाकै बाटो वैधानिक एवं व्यावहारिक विकल्प हो।

बैठकमा ओलीले केही दिनअघि सार्वजनिक भएको ६ बुँदे प्रस्तावबारे पनि स्पष्ट गरे।
यस प्रस्तावमा—

प्रतिनिधि सभा पुनःस्थापना

जेनजीसहितको सर्वपक्षीय सरकार

संविधानका केही प्रावधान संशोधन

नयाँ निर्वाचन

जस्ता एजेन्डा छन्।

ओलीका अनुसार, जेनजीका केही प्रतिनिधिले नै गुण्डु निवासमा आएर भेटघाट गरेका थिए र त्यही बेला आफूले ६ बुँदे प्रस्ताव देखाएको बताएका छन्।

बैठकमा धेरै सदस्यले भण्डारीको सदस्यता रोकिएको विषय उठाए।

ओलीले भने—
“अहिलेसम्म गम्भीर रूपमा कुरा गर्न पाएको छैन। अर्को बैठकमा छिनोफानो गर्छु।”

एमालेको केन्द्रीय कमिटीले भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि यो विषयले पार्टीमै ठूलो पोलखोल मच्चाइरहेको छ।

बैठकमा केही नेताले सचिवद्वय लेखराज भट्ट र रघुवीर महासेठको घर लुट्ने/जलाउनेमा एमाले कार्यकर्ता नै संलग्न रहेको तथ्य आएको बताए।
अध्यक्ष ओलीलाई किन कारबाही नगरिएको भनेर कडा प्रश्न उठाइयो।

निर्णय :

तल्ला कमिटीलाई कारबाही प्रक्रिया शुरु गर्न निर्देशन

१५ दिनभित्र प्रतिवेदन पेस गर्न आदेश

केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा दोषी ठहरिएका भए पनि
निलम्बन नगरी “उज्यालो भूमिकामा” भएको भन्दै नेताहरूले आपत्ति जनाए।

ओलीले यो विषय “बुझेँ, हेर्छु” भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय