रौतहट । बुधबारदेखि निरन्तर परिरहेको झरीले रौतहटका अधिकांश खेत डुबानमा परेका छन्। पाकेर काट्ने तयारीमा रहेको धानबाली पानीमा डुबेसँगै किसान चिन्तित बनेका छन्।

तीन दिनदेखि लगातार वर्षा जारी रहँदा धान भित्र्याउने मुख्य सिजनमै पानी पर्नु किसानका लागि ठूलो विपत्ति बनेको छ। खेतभरि डुबेको धान बिग्रने, गुणस्तर घट्ने र उत्पादनमा ठूलो नोक्सानी हुने जोखिम बढेको छ।

गौर नगरपालिका–५ का किसान ब्रह्मदेव गुप्ता भन्छन्ः
“धान काट्ने वेला यसरी पानी पर्नाले बर्षभरिको मेहनत डुब्ने भयो। खेतमा पानीको सतह बढ्दैछ, अब बाली जोगिने कुनै सम्भावना देखिँदैन।”

उनका अनुसार खेतमै काटेर छोडिएको धान समेत कुहिन थालेको छ।

बुधबार रातिदेखि सुरु भएको झरी शनिबारसम्म रोकिएको छैन।

बजार सुनसान

सडकमा हिलो र पानी

ग्रामीण क्षेत्रमा सवारी–सञ्चार अवरुद्ध

धेरै ठाउँमा यातायात पूरै ठप्प

क्षति विवरण अझै छैन

कति क्षेत्रफलमा धानबाली डुबानमा परेको छ भन्ने आधिकारिक तथ्याङ्क भने अद्यापि सार्वजनिक भएको छैन।

कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार,
“१८ वटै स्थानीय तहबाट क्षतिको विवरण माग गरेका छौँ, तर अहिलेसम्म कुनै पनि तहले आधिकारिक विवरण पठाएको छैन।”

यो वर्षाको प्रभावले रौतहटका अधिकांश किसानको उत्पादनमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय