काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) मा उपचाररत आलमको मिर्गौलामा गम्भीर संक्रमण देखिएको र निरन्तर निगरानीमा राखिएको अस्पताल स्रोतले जनाएको छ।

आलम लामो समयदेखि मिर्गौला डायलाइसिस प्रक्रियामा रहेका थिए। हाल संक्रमण बढेसँगै स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा सारिएको जनाइएको छ।

रौतहटबाट प्रतिनिधिसभा सदस्य रहिसकेका आलमले विगतमा वन तथा वातावरण मन्त्री र श्रम तथा रोजगार मन्त्री का रूपमा पनि जिम्मेवारी सम्हालेका थिए।

उनको स्वास्थ्य सुधारका लागि शुभेच्छुकले प्रार्थना गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय