काठमाडौं । नेकपा एमालेले आफ्नो ११औँ महाधिवेशनका लागि तय गरिएको पोखराको स्थल परिवर्तन गर्दै कार्यक्रमलाई काठमाडौँमा सार्ने निर्णय गरेको छ।

शुक्रबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले निर्णय सार्वजनिक गर्दै भने—

“महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिनेछ।
मंसिर २७ देखि २९ गतेसम्मको मिति भने जस्ताको तस्तै रहनेछ।”

पहिले तय भएको स्थान परिवर्तन हुनुको कारणबारे पार्टीले आधिकारिक रूपमा जानकारी नदिए पनि सुरक्षा, व्यवस्थापन र राजनीतिक व्यस्तता मुख्य कारण हुन सक्ने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय