६५ वर्षीय कमल गौतम विगत बिहीबार भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयअगाडि
विद्युत कटौतीविरुद्धको धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ढलेका थिए।
अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

अध्यक्ष श्रेष्ठका अनुसार—“गौतमले जीवनभर श्रमिकका लागि आवाज उठाए। बोल्दाबोल्दै ढल्नुपर्यो। उनी ती हजारौं श्रमिकका सहिद हुन्।”

श्रेष्ठले जेनजी आन्दोलन र वर्तमान सरकारको नीति–व्यवहारले हजारौं श्रमिक बेरोजगार बन्नुपरेको आरोप लगाए।
उनले सरकारलाई लोकप्रियतावादमा डुबेको र वास्तविक समस्या समाधानमा चासो नदेखाएको समेत बताए।

आन्दोलनकै नाममा हिंसा र लुटपाट गर्ने समूहलाई कतिपयले ‘सहिद’ भनेर प्रस्तुत गरेको भन्दै
श्रेष्ठले कडा टिप्पणी गर्दै भने—

“सिंहदरबार जलाउने, भाटभटेनी लुटेर भाग्ने, चोरी–लुटपाट गर्दै हाम फालेर मर्नेहरूलाई पनि सहिद भनियो।
तर ५० हजार श्रमिकका हकमा बोल्दै ज्यान गुमाउने कमल गौतमलाई के नमान्ने ?
उनी ती फटाहा, लुटेरा समूहभन्दा महान् सहिद हुन्।”

अध्यक्ष श्रेष्ठले जिफन्टले श्रमिकको हकहितका मुद्दामा
आगामी दिनमा पनि आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय