काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले केही नेपाली राजदूतहरूले ‘यो सरकार लामो जाँदैन’ भन्दै विदेशी मुलुकहरुलाई ब्रिफिङ गरेपछि फिर्ता बोलाउने निर्णयमा पुगेका जानकारी दिएकी छन् ।
चुनावी सरकारले ११ जना राजदूतहरू फिर्ता बोलाएको बारेमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्री कार्कीले त्यसबारे गुह्य शुक्रबार बालुवाटारमा सम्पादकहरूसँगको भेटघाटमा खोलेकी हुन् ।
‘हाम्रा केही राजदूतहरूले सम्बन्धित मुलुकहरूमा बैठक गरेर यो सरकारको काम छैन, धेरै जाँदैन भन्दै ब्रिफिङ गरेको थाहा भयो । सरकारकै अस्तित्व नस्वीकार्ने कुरा गरेको थाहा भएपछि हामीले फिर्ता बोलायौं’ उनले भनिन्,’केहीका आर्थिक कुरा पनि जोडिए ।’
उनले तीन जना राजनीतिक नियुक्तिका महिला राजदूतको पर्फरमेन्स राम्रो देखिएकोले फिर्ता नबोलाइको दाबी गरिन् । केही राजदूतको भने काम नै कमजोर भएकाले फिर्ता नबोलाएको जानकारी दिइन् ।
‘राजनीतिक नियुक्तिका भन्दा क्याडरको पर्फर्मेन्स राम्रो छ,’ उनले भनिन् । उनले राजदूतहरु फिर्ता बोलाउँदा लैजान हुने खर्च धेरै हुने भएपनि यो निर्णयमा पुगेको उनले उल्लेख गरिन् ।






