latest
शनिबार , कार्तिक १५, २०८२

काठमाडौं — देशभर एक प्रश्न बारम्बार उब्जन्छ — सुशीला कार्की प्रधानमन्त्री कसरी बनिन्?
एक समूह भन्छ — जेनजी आन्दोलनले बनायो, अर्को भन्छ — बाह्य शक्तिको खेल थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली त आज पनि कटाक्ष गर्छन् —
“जसले बनाएको भए पनि नेपालीले चाहिँ बनाएको होइन।”

तर प्रम सुशीला कार्कीले भने शुक्रबार सम्पादकहरूसँग पहिलोपटक त्यो दिनको पूरा कथा खोलिन्।

कार्की भन्छिन्—

“म त ४ असोजमा बुढोसँग लन्डन जाने भनेर टिकटसमेत काटिसकेकी थिएँ। राजनीतिमा संलग्न हुने कुनै योजना थिएन।”

यही क्रममा जेनजी आन्दोलनमा आफन्त घाइते भएको खबर आयो।
उनका श्रीमान् दुर्गा सुबेदीले भने, “म सक्दिनँ, तिमी अस्पताल जाउ।”
त्यसपछि उनी अभिषेकसँगै सिभिल अस्पताल पुगिन्।

अस्पतालमा छिरेपछि उनी स्तब्ध भइन्।
जताततै गोली लागेका बालबालिका।
सबै रोइरहेका। आतंक, त्रास र चरम पीडा।

एक युवकका शब्दले उनलाई भतभत पोल्यो—

“साथीसँग अँगालो मार्दै आन्दोलनमा गएका थियौँ, मेरी अगाडि नै ऊ ढल्यो। यहाँ ल्याउँदा प्राण गयो।”

कार्की भन्छिन्—

“म पनि रोएँ। त्यो दृश्य जोकोहीको आक्रोश भड्काउने थियो।”

बाहिर मिडियाले सोध्दा उनी रोकिइनन्—
‘ज्यानमारा सरकारविरुद्ध कडा स्वरमा बोलिदिइन्।’

त्यसै दिनदेखि देशभर ‘जेनजीकी आमाः सुशीला कार्की’ भनेर खोजी सुरु भयो।

त्यसपछि उनलाई शीतल निवासबाट फोन आयो।
राष्ट्रपति रामचन्द्र पौडेलले भने—

“सबैतिर तिम्रो खोजी भइरहेको छ। प्रधानमन्त्री बन्ने तयारी गर।”

तर कार्कीले तत्काल अस्वीकार गरिन्—

“म बन्दिनँ, मलाई चाख छैन।”

श्रीमान् दुर्गाले पनि यही सल्लाह दिए—
“बन्नु परेन।”

तर राष्ट्रपति पौडेलले अडान छाडेनन्।
कार्कीका अनुसार—

“उहाँ थरथर काँप्दै उभिनुभयो, औंला माझ्दै भन्नुभयो—
‘यस्तो संकटको बेला पनि प्रधानमन्त्री बन्न मानिनौ भने
राष्ट्रघाती घोषणा गरिदिन्छु,
भोलि मिडिया बोलाएर देशभर भनिदिन्छु।’”

त्यसपछि कार्कीले अन्ततः स्वीकारिन्—
“त्यसैगरी म प्रधानमन्त्री बनेँ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय