काठमाडौँ।
नेपाली कांग्रेसका नेता अफताब आलम गम्भीर बिरामी भई काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका छन्।

सुरक्षा स्रोतका अनुसार, आलमको अवस्था गम्भीर रहेको र हाल भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।
मुटुमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको हो।

गत जेठमा उच्च अदालत वीरगञ्जले ज्यान मुद्दामा सफाइ दिएपछि आलम कारागारमुक्त भएका थिए।
नक्खु कारागारबाट छुटे लगत्तै उनलाई ब्रेन स्ट्रोक पनि भएको थियो।

अस्पताल स्रोतका अनुसार, आलमको मिर्गौला फेल भएको छ र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।
त्यसअघि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो।

२०६४ सालको निर्वाचनको तयारीका क्रममा बम विस्फोटमा घाइते भएका व्यक्तिलाई
जिउँदै इट्टाभट्टामा जलाएको आरोपमा आलममाथि मुद्दा दायर भएको थियो।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
तर उच्च अदालत वीरगञ्जले सो फैसला उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीलाई सफाइ दिएको थियो।

उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा पुनरावेदन चरणमा छ र अन्तिम फैसला आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय