काठमाडौँ ।
काठमाडौँको इचंगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाएर स्थानीयमा आतंक मच्चाउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको लिखु गाउँपालिका–६ का २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपालीलाई काठमाडौँ महानगरपालिका–१८, ढल्कोबाट नियन्त्रणमा लिएको हो।

स्थानीयवासीले दुवैले हतियार देखाएर धम्की दिएको उजुरीपछि प्रहरी खटिएको थियो।
अनुसन्धानका क्रममा ती युवाहरूबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि कार्यालयमा राखिएको छ।

प्रहरीका अनुसार, समीर श्रेष्ठले ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीलेबाट लुटिएको पेस्तोल प्रयोग गरी गोली चलाएको भिडियोसमेत बनाएका थिए।
भिडियोमा उनी घरको छतमा बसेर चुरोट तान्दै पेस्तोलबाट गोली चलाउँदै गरेको देखिन्छ।

प्रहरीले जनाएको छ— समीर यसअघि पनि गत भदौ ६ गते अभद्र व्यवहारको कसुरमा पक्राउ परेर छुटेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय