काठमाडौं ।
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले आफ्नो पदबाट राजीनामा दिएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने —
“पारिवारिक कारणले राजीनामा दिएको हुँ। अरु त्यस्तो कुनै विशेष कारण छैन।”
प्रहरी स्रोतका अनुसार, रानाभाटले बुझाएको राजीनामा अहिलेसम्म स्वीकृत भइसकेको छैन।
कानुनअनुसार प्रहरी अधिकारीको राजीनामा प्रहरी महानिरीक्षक (आईजीपी)ले स्वीकृत गरी गृह मन्त्रालय पठाएपछि मात्र मान्य हुने व्यवस्था छ।
रानाभाट एसपीबाट एसएसपीमा बढुवा हुने क्रममा पहिलो नम्बरमा नाम परे पनि छुटेका अधिकारी हुन्।
उनको राजीनामालाई प्रहरी संगठनभित्र विभिन्न कोणबाट अर्थ्याइँदै छ।






