काठमाडौँ । जेनजी प्रदर्शनमा उच्छृङखल गतिविधि गर्दै संसद् भवन आगजनी गर्नेमा स्ववियु सदस्य नै संलग्न रहेको भेटिएको छ ।

पेट्रोल बोकर संसद् भवनमा गएर आगजनी गर्नेमा बानेश्वर बहुमुखी क्याम्पसका स्वावियु सदस्य सुजन वाइबाको संलग्नता देखिएको प्रहरीको अनुसन्धाननबाट थाहा भएको छ । वाईवा अखिल (क्रान्तिकारी)बाट बानेश्वर क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए ।

आगजनी र हतियार लुटमा संलग्न आरोपमा वाइबा समूहका चार जनालाई पक्राउ गरिएको काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । ‘वाइबाको समूहले प्रहरीको चार नाल हतियार पनि लुटेको देखिन्छ,’ उनले भने ।

पक्राउ पर्नेमा स्ववियु सदस्य २५ वर्षीय वाइबा, कञ्चनपुर घर भएका २० वर्षीय विकाश अग्री, दोलखा मेलुङ गाउँपालिका–६ घर भएका २४ वर्षीय युवराज भण्डारी र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएका २५ वर्षीय अनिल बुढा छन्, बुढा इनड्राइभ चालक हुन् ।

भदौ २४ मा सो समूहले हतियार लुटेर प्रदर्शन गरेको र पेट्रोल बोकेर प्रहरी वृत्त नयाँ बानेश्वर, प्रभाग कोटेश्वर र संसद् भवनमा आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

आरोपीहरूले लुटेको हतियार नेपाली सेनालाई बुझाएको प्रहरीसँग बताएका छन् । कात्तिक १० मा पक्राउ परेका आरोपीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले आपराधिक उपद्रव गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय