latest
अमेरिका पुगेका दीपक-दीपाको कार्यक्रममा दर्शक र कलाकार बराबर भएपछी….  ||    देशमा अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयकोतर्फवाट गरियो भीमेश्वर मन्दिरमा क्षमा पूजा  ||    अमेरिकामा रहेका अधिकारीलाई एलिनाले लागाईन गम्भीर आरोप, जाँड खाएर…  ||    जापानमा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु, १६ क्षेत्रका रोजगारी खुला  ||    एक युवकले १० सेकेन्डमै सके पत्रकार सम्मेलन  ||    काठमाडौँको कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको हत्या यी व्यक्तिले गरेका रहेछन-  ||    डाक्टर निकोलस भुसाल भन्छन- प्रहरीको तलब १ लाख पुराईदिन्छु  ||    युवराज पौडेल सफलबिरुद्द अमेरिकाबाट उजुरी  ||   
मंगलबार , कार्तिक ११, २०८२

दोलखा ।
राष्ट्रपति कार्यालयको पहलमा दोलखाको भीमेश्वर मन्दिरमा मंगलबार विहान विशेष क्षमा पूजा र रुद्राविशेष गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी दिनुका साथै साक्षात् जिउँदो देवी कुमारीले भीमेश्वरको सिलामा पसिना आएको र त्यसलाई कोहीले याद नगरेकाले राष्ट्रमा अनिष्ट भइरहेको उल्लेख गरेपछि यो विशेष पूजा आयोजना गरिएको हो।

परम्पराअनुसार भीमेश्वरको सिलामा पसिना आउँदा राष्ट्र प्रमुखको तर्फबाट बलि पूजासहित क्षमा पूजा गरिने चलन छ। तर यस पटक कोरी पूजासहित विशेष रुद्राविशेष समेत गरिएको भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभयो।

पुजा सम्पन्न गर्नका लागि राष्ट्रपति कार्यालयबाट उपसचिव इश्वरीप्रसाद पाण्डे, सहायक स्वकीय सचिव शुसिल तिमल्सिना, काठमाडौँको कुमारी घरका अध्यक्ष गौतम साक्य लगायतका प्रतिनिधिहरू मन्दिरमा उपस्थित थिए।

क्षमा पूजा क्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गरुण दल गणका गणपति लोक सागर कटुवाल, नेपाल प्रहरी र शसस्त्र प्रहरीका उच्च अधिकारीहरू पनि उपस्थित थिए।

पुजा व्यवस्थापनका लागि भीमेश्वर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर गुठीका अध्यक्ष भरत श्रेष्ठ र अन्य गुठियारहरू खटिएका थिए।

दोलखामा सिलामा पसिना आएपछि त्यसलाई **‘महा प्रसाद’**को रूपमा राष्ट्रपतिलाई पठाउने चलन छ। त्यसपछि राष्ट्र प्रमुखको तर्फबाट कालो बोकाको बलिसहित क्षमा पूजा गराउने परम्परा रहिआएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय