latest
अमेरिका पुगेका दीपक-दीपाको कार्यक्रममा दर्शक र कलाकार बराबर भएपछी….  ||    देशमा अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयकोतर्फवाट गरियो भीमेश्वर मन्दिरमा क्षमा पूजा  ||    अमेरिकामा रहेका अधिकारीलाई एलिनाले लागाईन गम्भीर आरोप, जाँड खाएर…  ||    जापानमा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु, १६ क्षेत्रका रोजगारी खुला  ||    एक युवकले १० सेकेन्डमै सके पत्रकार सम्मेलन  ||    काठमाडौँको कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको हत्या यी व्यक्तिले गरेका रहेछन-  ||    डाक्टर निकोलस भुसाल भन्छन- प्रहरीको तलब १ लाख पुराईदिन्छु  ||    युवराज पौडेल सफलबिरुद्द अमेरिकाबाट उजुरी  ||   
मंगलबार , कार्तिक ११, २०८२

काठमाडौं ।
फ्लाइ नेपा ट्राभल्सले आयोजना गरेको ‘अब सुन्छ अमेरिका’ टुरमा सहभागी गायिका एलिना चौहान चरम असन्तुष्ट हुँदै नेपाल फर्किएकी छन्।
अमेरिकामा साढे दुई महिना लामो बसाइमा आफू र अन्य कलाकारमाथि आयोजकले “नोकरझैँ व्यवहार” गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेकी छन्।

एलिनाले लेखेकी छन् —

“कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो।”

उनको भनाइमा, कार्यक्रमका संयोजक तथा फ्लाइ नेपा ट्राभल्सका संचालक विनोद अधिकारीले कलाकारहरूमाथि मानसिक टर्चर दिएका थिए।

एलिनाले भनिन्,

“विनोद अधिकारीले जाँड खाएर मुख छाड्ने, कलाकारलाई अपमान गर्ने बानी छ। होटेलमा राख्छु भन्नुभयो, तर साढे दुई महिनामा १५ दिन पनि होटेलमा राख्नुभएन। क–कसको घरमा राख्नुभयो, मलाई नै थाहा छैन।”

उनले थपिन्,“मैले आफ्नो जिम्मेवारी निभाएँ, तर उहाँकै व्यवहारका कारण म चार–पाँचपटक रोएकी छु। उहाँले मेरो व्यक्तिगत जीवनमा समेत हस्तक्षेप गर्नुभयो। यस्तो व्यवहार मैले कहिल्यै भोगेकी थिइनँ।”

एलिनाको दाबी अनुसार, कार्यक्रमबाट उठेको रकमको २० प्रतिशत मात्र कलाकारलाई दिइन्थ्यो, बाँकी ८० प्रतिशत आयोजकले आफैंले राख्थे।

टुरमा सहभागी अर्की गायिका कला लम्साल पनि बीचमै फर्किएकी थिइन्।
बिरामी भएपछि उपचारका लागि सहयोग नपाएको भन्दै उनले पनि आयोजकविरुद्ध सार्वजनिकरूपमा आक्रोश प्रकट गरेकी थिइन्।

उनको भनाइमा,“म बिरामी हुँदा सामान्य मानवीय प्रवृत्ति पनि देखाएनन्। त्यतिबेला एलिना र प्रताप दासले पनि साथ दिएनन् भन्ने पीडा छ।”

विवादपछि संयोजक विनोद अधिकारीले अफिसियल विज्ञप्ति जारी गर्दै कार्यक्रम ‘योजनाअनुसार सफलतापूर्वक सम्पन्न भएको’ बताएका छन्।
उनले लेखेका छन् —

“कलाकारसँग गरेको शर्त तथा बाचा बमोजिम सम्पूर्ण जिम्मेवारी पूरा गरिएको छ। आगामी दिनमा पनि नेपाल र नेपालीलाई जोड्ने यस्ता कार्यक्रम निरन्तर गर्नेछौं।”

‘अब सुन्छ अमेरिका’ टुरमा एलिना चौहान, कला लम्साल, प्रताप दासलगायतका कलाकार सहभागी थिए।तर भ्रमण सकिन नपाउँदै कलाकारहरूबीच विवाद र असन्तुष्टि सार्वजनिक भएपछि कार्यक्रम विवादको घेरामा परेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय