latest
अमेरिका पुगेका दीपक-दीपाको कार्यक्रममा दर्शक र कलाकार बराबर भएपछी….  ||    देशमा अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयकोतर्फवाट गरियो भीमेश्वर मन्दिरमा क्षमा पूजा  ||    अमेरिकामा रहेका अधिकारीलाई एलिनाले लागाईन गम्भीर आरोप, जाँड खाएर…  ||    जापानमा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु, १६ क्षेत्रका रोजगारी खुला  ||    एक युवकले १० सेकेन्डमै सके पत्रकार सम्मेलन  ||    काठमाडौँको कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको हत्या यी व्यक्तिले गरेका रहेछन-  ||    डाक्टर निकोलस भुसाल भन्छन- प्रहरीको तलब १ लाख पुराईदिन्छु  ||    युवराज पौडेल सफलबिरुद्द अमेरिकाबाट उजुरी  ||   
मंगलबार , कार्तिक ११, २०८२

काठमाडौं । एक युवकले आयोजना गरेको पत्रकार सम्मलेन १० सेकेन्डमै सकिएको छ । संगीत बम नाम गरेका युवकले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरू ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर, पत्रकार सम्मेलन १० सेकेन्डमै सकियो ।

बमले ‘द गेम अफ लुसिफर’ भन्दै सांकेतिक विरोधस्वरूप पत्रकार सम्मेलन गरे । आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएर दुई औँला ठड्याए र बाँकी औँला खुम्च्याएर विरोध जनाए ।

समाचार बनाउन उनले पत्रकारहरूलाई जिम्मा दिए । यसमा कुनै प्रतिक्रिया दिएनन् । पत्रकार सम्मेलन त्यत्तिकै सकियो ।

उनी सेतो परम्परागत पोसाकमा आएका थिए । दाहिने हातमा भी साइन (भिक्ट्री वा शान्ति चिह्न) देखाउँदै उनी मञ्चमा उभिएका थिए ।

– न्युज एजेन्सी नेपालबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय