latest
पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||    प्रकाश भुजेलको जस्तो नक्कली डाक्टरी सर्टिफिकेट ५६ हजारमै किन्न पाइन्छ  ||   
मंगलबार , भाद्र ३१, २०८२

दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरका पाइलट अरुण मल्लको लाइसेन्स आधा जलेको अवस्थामा भेटिएको छ । दुर्घटनापछि जलेको हेलिकप्टरमा सवार पाँच जनाको निधन भए पनि केही कागजपत्र भने सुरक्षित भेटिएका छन् । २०२३ साल असार १८ गते जन्मनुभएका पाइलट मल्ल ललितपुर महानगरपालिका–३ पुलचोक बस्दै आउनुभएको थियो ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका-७ मा दुर्घटना भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ः४५ बजे उडेको ९ एन–एजेडी दुर्घटनाभएको हो ।

दुर्घटनामा एक नेपाली (पाइलट) र चार चिनियाँ नागरिकको मृत्यु भएको छ । हेलिकप्टरमा फाङ जु ताओ, ऊ यीयाओ, ली चिए, सिए चमि सवार हुनुहुन्थ्यो । दुर्घटनास्थलमा पुगेर गोरखापत्र अनलाइनका लागि कविन अधिकारीले कैद गर्नुभएका तस्बिरः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय