latest
अमेरिका पुगेका दीपक-दीपाको कार्यक्रममा दर्शक र कलाकार बराबर भएपछी….  ||    देशमा अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयकोतर्फवाट गरियो भीमेश्वर मन्दिरमा क्षमा पूजा  ||    अमेरिकामा रहेका अधिकारीलाई एलिनाले लागाईन गम्भीर आरोप, जाँड खाएर…  ||    जापानमा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु, १६ क्षेत्रका रोजगारी खुला  ||    एक युवकले १० सेकेन्डमै सके पत्रकार सम्मेलन  ||    काठमाडौँको कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको हत्या यी व्यक्तिले गरेका रहेछन-  ||    डाक्टर निकोलस भुसाल भन्छन- प्रहरीको तलब १ लाख पुराईदिन्छु  ||    युवराज पौडेल सफलबिरुद्द अमेरिकाबाट उजुरी  ||   
मंगलबार , कार्तिक ११, २०८२

अमेरिका —
अमेरिकाको Pittsburgh, Pennsylvania बसोबास गर्ने मिम गुरुले काठमाडौं प्रहरी कार्यालयमा इमेलमार्फत मानहानी र मानसिक यातनासम्बन्धी उजुरी गरेका छन्।

उक्त उजुरीमा उनले युवराज पौडेल नामक व्यक्तिले निरन्तर रूपमा सामाजिक सञ्जालहरू — जस्तै Facebook र TikTok मार्फत नेपाली राजनीतिक व्यक्तित्वहरू, विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रति अपमानजनक, गलत र आरोपपूर्ण सामग्रीहरू सार्वजनिक गरेको आरोप लगाएकी छन्।

मिम गुरुका अनुसार पौडेलले लामिछाने र उनका परिवारसम्बन्धी असत्य र आपत्तिजनक टिप्पणीहरू गर्दै सामाजिक सञ्जालमा बदनाम गर्ने गतिविधि निरन्तर गरिरहेको र त्यसले आफूलाई मानसिक तनाव, पीडा तथा सामाजिक असहजता निम्त्याएको उल्लेख छ।

उनले उजुरीपत्रमा भनेकी छन् — “उक्त व्यक्तिले निराधार आरोप लगाउँदै लामिछानेलाई ‘सहकारी चोर’जस्ता शब्द प्रयोग गरी सार्वजनिक रूपमा अपमान गरेको छ, जुन कानुनी रूपमा अपराध हो।”

उनी भन्छिन्, “यस्ता गतिविधिहरूले व्यक्तिको इज्जत, मर्यादा र सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याएको छ, त्यसैले सम्बन्धित निकायले छानबिन गरी कानुनी कारबाही गर्न आवश्यक छ।”

मिम गुरुका अनुसार, यो कार्य मानहानी (Defamation) र साइबर अपराध (Cybercrime) दुवै अन्तर्गत पर्छ, र उनले सो विषयमा कानुनी प्रावधानअनुसार आवश्यक अनुसन्धान र कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय