काठमाडौं / अमेरिका – आशिक तामाङको आशिका फाउन्डेसनले आयोजना गरेको ‘एक रुपैयाँ चन्दा अभियान’मा झुक्किएर बढी रकम पठाउने घटना दोहोरिएको छ।

हिजो एउटा दाताले ७ रुपैयाँ दिने प्रयास गर्दा गल्तीले ७ हजार रुपैयाँ ट्रान्सफर भएको थियो। आज पनि एउटा दाताले ५५,००० रुपैयाँ पठाउँदा त्यही झुक्केपटक दोहोरिएको छ।

यस्तो घटना दोहोरी पछी फेसबुक मार्फत जानकारी दिँदै आशिक तामाङले भनेकी छन् ,

“आज फेरि एकजना दाताले ५५,५०० रुपैयाँ पठाउनुभयो। उनले फिर्ता गरिदिनुहोस् भनेर अनुरोध गर्नुभयो। मैले बैंकमा निवेदन दिएको छु र आज दिनभरमा हिजोको ७,००० र आजको ५५,५०० रुपैयाँ फिर्ता हुने जानकारी पाएको छु। कृपया एकछिन ढिला हुँदा केही हुँदैन।”

आशिकले दाताहरुलाई आग्रह गरेकी छन् कि,

“खाता नम्बर राम्ररी जाँच गरेर मात्र डोनेसन गर्नुहोस्। यसरी धनको सुरक्षित व्यवस्थापन फाउन्डेसनका लागि अत्यन्तै महत्वपूर्ण छ। धन्यवाद।”

उक्त अभियानले विकट जिल्लाका बालबालिकालाई न्यानो लुगा उपलब्ध गराउने उद्देश्य राखेको छ। हजारौं दाताले अभियानमा सहभागिता जनाइरहेको फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय