काठमाडौं — बलम्बु प्रहरी प्रभागमा तोडफोड र आगजनी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति दोलखाको सैलुङ गाउँपालिका–८ घर भएका २० वर्षीय तीर्थमान तामाङ हुन्। प्रहरीले सार्वजनिक भिडियो र फोटोको आधारमा उनलाई पहिचान गरी पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार २४ भदौको जेनजी आन्दोलनको क्रममा तीर्थमान तामाङसहितका व्यक्तिले बलम्बु प्रहरी कार्यालय तोडफोड गर्दै आगजनी गरेका थिए। त्यस क्रममा कार्यालयको क्युआरटी मोटरसाइकल समेत जलाइएको र केही सामान चोरी गरेर लगेको पनि प्रहरीले जनाएको छ।
पक्राउपछि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






