latest
अमेरिका पुगेका दीपक-दीपाको कार्यक्रममा दर्शक र कलाकार बराबर भएपछी….  ||    देशमा अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयकोतर्फवाट गरियो भीमेश्वर मन्दिरमा क्षमा पूजा  ||    अमेरिकामा रहेका अधिकारीलाई एलिनाले लागाईन गम्भीर आरोप, जाँड खाएर…  ||    जापानमा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु, १६ क्षेत्रका रोजगारी खुला  ||    एक युवकले १० सेकेन्डमै सके पत्रकार सम्मेलन  ||    काठमाडौँको कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको हत्या यी व्यक्तिले गरेका रहेछन-  ||    डाक्टर निकोलस भुसाल भन्छन- प्रहरीको तलब १ लाख पुराईदिन्छु  ||    युवराज पौडेल सफलबिरुद्द अमेरिकाबाट उजुरी  ||   
मंगलबार , कार्तिक ११, २०८२

मुस्ताङ,
मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिर वरपर आइतबार बिहानदेखि बाक्लो हिमपात सुरु भएपछि त्यहाँ पुगेका तीर्थयात्री र पर्यटक प्रभावित भएका छन्।

हिजो साँझसम्म सामान्य रहेको मौसम आज बिहान एक्कासी बदलियो। मुक्तिनाथ दर्शनका लागि गएका बसन्त गौतमले बिहान पाँच बजे उठ्दा सिंगो गाउँ सेताम्य देखिएको बताए।

“हिजो बेलुका त सब ठिकठाक थियो,” उनले भने, “बिहान मन्दिर जाऔं भन्दा त बाटै हिउँले ढाकिएको रहेछ, हिँड्नै सकिँदैन।”

गौतमका अनुसार मुक्तिनाथ मन्दिर नजिकै तीन–चार इन्चसम्म हिउँ जमेको छ। स्थानीयले होटल र पसल अगाडि बेल्चाले हिउँ पन्छाइरहेका छन् भने सडकमा जमेको बाक्लो हिउँ स्काभेटर प्रयोग गरेर हटाउनुपर्ने अवस्था छ।

हिमपातका कारण मान्छे र सवारी साधन दुबै रोकिएका छन्। तीर्थयात्रीहरू होटलमै बस्न बाध्य भएका छन्।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै यात्रु र पदयात्रीहरूलाई तत्कालका लागि यात्रा स्थगित गर्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले भने,

“मुक्तिनाथ क्षेत्रदेखि थोरङ पास र सरिबुङ हुँदै धौलागिरि पदमार्गसम्म अहिले निरन्तर हिमपात भइरहेको छ। मौसम सुधार नभएसम्म यात्रा नगर्न अनुरोध छ।”

जल तथा मौसम विज्ञान विभागका अनुसार मुस्ताङ–डोल्पा, मनाङ–मुस्ताङ थोरङ्लापास, सरिबुङ पास लगायत ५ हजार मिटर माथिका क्षेत्रमा भारीदेखि हल्का हिमपात भइरहेको छ र बुधबारसम्म पनि हिमपात र वर्षा जारी रहने सम्भावना छ।

तिहार र छठ पर्वको लामो बिदाका कारण पछिल्ला दिनमा मुस्ताङ र आसपासका हिमाली क्षेत्रमा पदयात्रीको भीड बढेको थियो।
तर अहिलेको मौसमले यात्रामा अवरोध ल्याएको छ।
प्रजिअ भुसालले भने,

“हिउँले बाटो ढाकिएका छन्, हावापानी प्रतिकूल छ। कृपया हेलचेक्रयाइँ नगर्नुहोस्, मौसम जानकारी लिएर मात्र यात्रा गर्नुहोस्।”

गण्डकी प्रदेशका अन्य उच्च पहाडी क्षेत्रमा पनि यही अवस्था देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि चेतावनी दिँदै भनिएको छ —

“हिमपात र वर्षाका कारण जनजीवन, कृषि र पर्यटन क्षेत्र प्रभावित हुनसक्छ, सतर्कता अपनाउनुहोस्।”

हेर्नुहोस् मुस्ताङ प्रशासनको सूचना-

विषय- सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना।
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार २०८२ कार्तिक १० देखि १२ गतेसम्म उच्च हिमाली क्षेत्र (मुस्ताङ) जिल्लाको मुस्ताङ डोल्पा याकखर्क क्षेत्र ५८०० मिटर, मुस्ताङ मनाङ थोरङला पास ५४५० मिटर, मुस्ताङ-मनाङ सरिबुङ पास ६००० मिटर र मुस्ताङ म्याग्दी धौलागिरी पदमार्गको धम्पुस पिक) लगायतका क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने उच्च सम्भावना रहेकोले उक्त क्षेत्रका पदमार्ग भएर पदयात्रा नगर्नु/नगराउनु हुन साथै यस जिल्लाको अन्य भागमा समेत हिमपात/वर्षाको सम्भावना रहेकोले पर्यटक/तिर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी आवश्यक जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ।

विष्णुप्रसाद भुसाल (प्रमुख जिल्ला अधिकारी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय