latest
अमेरिका पुगेका दीपक-दीपाको कार्यक्रममा दर्शक र कलाकार बराबर भएपछी….  ||    देशमा अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयकोतर्फवाट गरियो भीमेश्वर मन्दिरमा क्षमा पूजा  ||    अमेरिकामा रहेका अधिकारीलाई एलिनाले लागाईन गम्भीर आरोप, जाँड खाएर…  ||    जापानमा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु, १६ क्षेत्रका रोजगारी खुला  ||    एक युवकले १० सेकेन्डमै सके पत्रकार सम्मेलन  ||    काठमाडौँको कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको हत्या यी व्यक्तिले गरेका रहेछन-  ||    डाक्टर निकोलस भुसाल भन्छन- प्रहरीको तलब १ लाख पुराईदिन्छु  ||    युवराज पौडेल सफलबिरुद्द अमेरिकाबाट उजुरी  ||   
मंगलबार , कार्तिक ११, २०८२

अमेरिका टुर सकेर नेपाल फर्किएकी चर्चित गायिका एलिना चौहानले टुरका क्रममा कलाकारप्रति देखाइएको व्यवहारप्रति असन्तुष्टि जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफूले अमेरिकामा भएको टुरबाट धेरै कुरा सिकेको उल्लेख गरेकी छन्।

एलिनाले लेखेकी छन् —

“त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो।”

उनका अनुसार टुरका क्रममा आयोजकहरूले कलाकारहरूलाई उचित सम्मान र व्यवहार गर्न सकेनन्। उनले आयोजक र व्यवस्थापकलाई कलाकारको संरक्षकको रूपमा हेर्न आग्रह गरेकी छन्।

“आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ,” उनले लेखेकी छन्।

एलिनाले आफूले पाएको नराम्रा अनुभवले आगामी दिनमा धेरै कुरा सिकाएको उल्लेख गर्दै यस्तो अवस्थाको सामना अरू कुनै कलाकारले गर्न नपरोस् भन्ने चाहना व्यक्त गरेकी छन्।

“नराम्रा अनुभवले धेरै कुरा सिकायो — अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्,” उनले थपेकी छन्।

चर्चित एलिना पछिल्लो समय विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुँदै आएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय