काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जान लागेका छन्।

भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती हाल सिंगापुर जाने तयारीमा रहेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्।

‘उपचारको लागि उहाँ सिंगापुर जानुहुन्छ, प्रवक्ता महतले जानकारी दिए।

उनीहरू उपचारका लागि सोमबार राति ९ बजे सिंगापुर जाने तयारीमा रहेको श्रोत ले जानकारी दिएको छ ।

उक्त आन्दोलनका क्रममा आक्रमणमा परेका देउवाको गर्दनमा १२ टाँका लगाइएको थियो। स्वास्थ्य सुधारसँगै उनले केही समयअघि पार्टी बैठकमा उपस्थित भई पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।

देउवाको सिंगापुरमा विशेषज्ञ चिकित्सकको निगरानीमा थप स्वास्थ्य परीक्षण र उपचार हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय