लन्डन

बेलायतको राजधानी लन्डनमा कारको ठक्करबाट घाइते भएका नेपाली युवकको उपचारका क्रममा मृत्यु भएको छ।

ब्रिटिस सञ्चारमाध्यमका अनुसार, निधन हुनेमा २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङ रहेका छन्।
अक्टोबर १८ तारिखका दिन पूर्वी लन्डनको इल्फोर्डस्थित रेडब्रिज लेन इस्टमा उनी कालो Audi कारको ठक्करबाट गम्भीर घाइते भएका थिए।

ठक्कर दिने गाडी ४१ वर्षीय र्‍यापर गेट्सले चलाइरहेका थिए। दुर्घटनापछि उनी घटनास्थलबाट फरार भएका थिए।
तर, ब्रिटिस प्रहरीले उनलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको जनाएको छ।

गेट्सलाई आज बार्किङसाइड म्याजिस्ट्रेट्स कोर्टमा दोस्रोपटक उपस्थित गराइँदै छ।
स्थानीय प्रहरीले जनाएको अनुसार, तामाङ नेपालको धरानका बासिन्दा हुन् र उनी विद्यार्थी भिसामा अध्ययनका लागि बेलायत आएका थिए।

घटनापछि लन्डनस्थित नेपाली समुदायले गहिरो शोक व्यक्त गर्दै युबिनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय