काठमाडौं

राजधानीको सुविधानगरस्थित सम्पदा ब्वाइज होस्टेलबाट प्रहरीले हतकडी र लौरो बरामद गरेको छ।

आइतबार दिउँसो प्रहरीले ‘स्वीप अपरेसन’ चलाउँदै सो होस्टेलमा खोजतलास गर्दा दुई थान हतकडी, सशस्त्र प्रहरीको बडी प्रोटेक्टर, लौरो र हार्ड डिस्क बरामद गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी दानबहादुर कार्कीका अनुसार, ती सामानहरू जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र पोसाक भएको सूचनाको आधारमा बरामद गरिएको हो।

सामान फेला परेपछि प्रहरीको टोलीले २४ वर्षीय गोविन्दकुमार ठाकुर, सो होस्टेलका वार्डेनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बरामद भएका सामग्री प्रहरी र एपीएफ दुवै निकायसँग सम्बन्धित रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय