काठमाडौं

अभिनेता प्रकाश सपुतले आफूले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नु गल्ती भएको स्वीकार गरेका छन्।

फिल्म ‘सोल्टिनी’को प्रचारक्रममा एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै सपुतले सो कुरा सार्वजनिक रूपमा स्वीकार गरेका हुन्।

उनले भने,

“त्यो त सार्वजनिक रूपमा देखिएको कुरा हो। केपी शर्मा ओलीको प्रशंसा गर्नु गल्ती भयो भन्ने म मान्छु।”

सपुतले आफ्नै निर्माणमा बनेको फिल्म ‘वसन्त’ रिलिजअघि आयोजित कार्यक्रममा तत्कालीन प्रधानमन्त्री ओलीको खुलेर प्रशंसा गरेका थिए। उनले त्यसबेला ओलीको जीवनलाई “संघर्ष गर्नेहरूका लागि प्रेरणादायी” भनेका थिए।

तर अहिले भने उनले त्यो समय “राजनीतिक व्यक्तित्वलाई प्रशंसा होइन, खबरदारी गर्ने समय” भएको बताएका छन्।

“त्यो समयमा कुनै राजनीतिक व्यक्तित्वलाई हामीले फुक्र्याउने होइन, खबरदारी गर्ने समय थियो,” सपुतले भने, “भोलिका दिनमा पनि खासगरी सरकारमा भएकाहरूलाई खबरदारी गर्नुपर्छ। सरकार भनेको जिम्मेवार निकाय हो।”

ओलीको प्रशंसा गरेपछि प्रकाश सपुत सामाजिक सञ्जालमा आलोचनाको केन्द्र बनेका थिए।

हाल उनका अभिनय रहेको नयाँ फिल्म ‘सोल्टिनी’ देशभरका हलहरूमा प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय