काठमाडौं

ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।

उपचारका क्रममा सुत्केरी मीना राईको मृत्यु भएपछि आक्रोशित आफन्तहरूले अस्पताल परिसरमा ढुंगामुढा र तोडफोड गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीलाई लाठीचार्ज र अश्रुग्यास प्रहार गर्नुपरेको थियो।

प्रहरीका अनुसार, ठूलो संख्यामा खटिएका सुरक्षाकर्मीहरूले मृतकका आफन्तलाई शान्त रहन आग्रह गरे पनि उतेजित भीडले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि बल प्रयोग गर्नुपरेको हो।

सो क्रममा केही व्यक्ति घाइते भएका छन्।

प्रहरी स्रोतका अनुसार, “स्थिति नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास प्रयोग गर्न बाध्य भयौं।”

स्थानीयहरूले भने अस्पताल वरपर अश्रुग्यास हानेको भन्दै प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन्।

गत शुक्रबार अस्पतालमा सुत्केरी मीना राईको मृत्यु भएपछि उनीका आफन्तहरूले अस्पतालमा तोडफोड गरेका थिए। घटनापछि अस्पतालको सुरक्षा कडा पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय