काठमाडौं

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम आज जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मेडिकल कलेज (केएमसी) र राष्ट्रिय ट्रमा सेन्टर पुगेकी थिइन्।

घाइतेहरूको अवस्था अवलोकन गर्दै मन्त्री शर्मा भावुक भइन्।

“उहाँहरूको अवस्था हेर्दा साह्रै गाह्रो भयो,” उनले सञ्चारकर्मीसँग भनिन्, “यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ। जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ — त्यो नगर्नुस्। म सबैलाई यही अनुरोध गर्न चाहन्छु।”

मन्त्री शर्माले अस्पतालमा भेटेकी घाइतेहरूको उपचारबारे जानकारी दिँदै भनिन् —

“घाइतेहरूको उपचार राम्ररी भइरहेको छ, केहीको अवस्था सुधारोन्मुख छ भने केहीको अवस्था जटिल छ। उपचारमा कुनै कमी हुन दिइन्न।”

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हाल देशभर ११ जना घाइते उपचाररत् छन्।

राष्ट्रिय ट्रमा सेन्टरमा: ४ जना

त्रिवि शिक्षण अस्पतालमा: ३ जना

काठमाडौँ मेडिकल कलेजमा: २ जना

बी एण्ड बी र नोबेल मेडिकल कलेजमा: १/१ जना

मन्त्री शर्माले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै घाइतेहरूको उपचारका लागि मन्त्रालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय