काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घर एमालेका युवा नेताले आगजनी गरेको खुलेको छ। भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा रातोपुलस्थित थापाको घरमा आगजनी भएको थियो।

त्यतिबेला थापाको घर जलाउन पुगेका व्यक्ति काठमाडौं महानगरपालिका वडा नम्बर ३० का एमाले नेता सुरेन्द्र श्रेष्ठ भएको तस्विरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। श्रेष्ठ भने त्यही व्यक्ति हुन्, जो काठमाडौं–३० बाट वडा अध्यक्षमा चुनाव लडेर हारेका थिए।

सो वडामा कांग्रेसका वडाअध्यक्ष निर्वाचित भएका थिए। एमाले अध्यक्ष समेत रहेका, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने श्रेष्ठ थापाको घरभित्रै पसेको दृश्य भाइरल भएको छ।

महामन्त्री थापाले केही दिनअघि कान्तिपुर टेलिभिजनको अन्तर्वार्तामा भनिन् कि, प्रधानमन्त्रीकै दलको र आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लडेका व्यक्ति आफ्नो घरमा आगनजनी गर्न आएका थिए।

गत २४ भदौको जेनजी आन्दोलनमा काठमाडौं–३० रातोपुलस्थित थापाको घरमा आगजनी र लुटपाट भएको थियो। थापाका अनुसार, केही नयाँ पार्टीका र केही पुराना पार्टीका कार्यकर्ताहरू यस घटनामा संलग्न थिए।

उनको घरबाट फ्रिज लगायतका सामान चोरी गर्ने एक जनालाई पक्राउ गरिएको छ, तर आगजनीमा संलग्न अन्य व्यक्तिहरू अहिलेसम्म पक्राउ परेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय