काठमाडौं

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्ज, काठमाडौं अवलोकन गरेकी छन्। यस क्रममा उनले जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिइन्।

मन्त्री गौतम अस्पताल पुग्दा तीन जना घाइते भेटेकी थिइन्। उनले बताइन्,

“म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ। जेनजी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ। उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ।”

तीमध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको छ र प्लास्टिक सर्जरी मार्फत उपचार भइरहेको छ।

आन्दोलनका घाइतेहरूलाई भेटेपछि मन्त्रीले संवेदना व्यक्त गर्दै भनिन्,

“यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो। यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ।”

उनले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग उपचार अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि मन्त्रालयबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय