latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बुधबार , अषोज १, २०८२

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जननिवार्चित प्रतिनिधिहरूले जिम्मेवार हुनुपर्ने बताएका छन् ।

उपत्यका मेयर्स फोरमको टोलीसँग बुधबार सिंहदरबार भएको भेटका क्रममा ओलीले यस्तो बताएका हुन् ।

उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसहितको टोलीसँग भेटका क्रममा उनले ‘कोभन्दा को ठूलो’नभनी काम गर्नुपर्ने बताए ।

उनले केन्द्र र स्थानीय सरकार मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्ने बताए । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकारसँग टसल गरिरहेका बेला ओलीको यो भनाइ आएको हो ।

मेयर्स फोरमको टोली ओलीलाई भेट्न सिंहदबर पुग्दा काठमाडौं महानगरपालिकाका मेयर साह सहभागी भएनन् । तर काठमाडौंकै उपमेयर सुनिता डंगोल भने टोलीसँग थिइन्।

‘जनप्रतिनिधि जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ’, ओलीले भने, ‘हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन ।’

प्रधानमन्त्री ओलीले बालेन्द्रतिर लक्षित गर्दै सामाजिक सञ्जालबाट गरिएका हल्ला दिगो नहुने बताए । काठमाडौं महानरपालिकाले सडक र फुटपाथ व्यापार गर्नेहरूमाथि धरपकड गर्दै आएको छ । पछिल्लो समय कवाडी व्यवसायीलाई पनि महानगरले बल प्रयोग गरिरहेको छ ।

‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन्’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय