काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आइतबार पदभार ग्रहण गरेकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनी सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन्।

मन्त्री गौतमले पदभार ग्रहणसँगै पहिलो निर्णयका रूपमा जेनजी आन्दोलनबाट प्रभावित व्यक्तिहरूका लागि मनोपरामर्श सेवा (Psychosocial Counseling Center) स्थापना गर्ने निर्णय गरेकी छन्।

उनका अनुसार, आन्दोलनका क्रममा शारीरिक, मानसिक र सामाजिक रूपमा आघात बेहोरेका युवाहरूलाई उपचार र मनोवैज्ञानिक सहयोग पुर्‍याउने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको हो।

डा. गौतम स्वास्थ्य मन्त्रालयकी पूर्व सचिवसमेत हुन्। स्वास्थ्य प्रशासन र मातृस्वास्थ्य क्षेत्रमा लामो अनुभव राखेकी उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको हो। डा. गौतम त्यस सरकारको पहिलो मन्त्रिपरिषद् विस्तारअन्तर्गत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय