काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आइतबार पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि उनी सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए।

मन्त्रालय पुगेपछि मन्त्री गुप्ताले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्। पदभार ग्रहणलगत्तै उनले पहिलो निर्णयका रूपमा मन्त्रालय र मातहतका सबै निकायको बैठकलाई लाइभ गर्ने व्यवस्था मिलाउने घोषणा गरेका छन्।

उनका अनुसार, सार्वजनिक निकायको कामकाज पारदर्शी बनाउने उद्देश्यले अब मन्त्रालयभित्र हुने प्रमुख बैठकहरू प्रत्यक्ष प्रसारणमार्फत जनतासमक्ष पुर्‍याइने छन्।

मन्त्री गुप्ताले कार्यभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने,

“अब खेलकुद र युवा मन्त्रालयको हरेक निर्णय जनताले प्रत्यक्ष देख्न पाउनेछन्। पारदर्शिता र जवाफदेहिता हाम्रो पहिलो प्राथमिकता हो।”

उनले छिट्टै मन्त्रालयका प्रमुख अधिकारीहरू, खेल संघ प्रतिनिधि र युवा संगठनसँग छलफल गरेर आगामी योजना सार्वजनिक गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय