काठमाडौं ।
दलित अधिकारका लागि लामो समयदेखि सक्रिय खगेन्द्र सुनार सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले मन्त्री पदमा मनोनित गर्न लागेको स्रोतले जानकारी दिएको छ।
निकट स्रोतका अनुसार, सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ।
सुनार केही समयदेखि काठमाडौँमा दलित अधिकार, सामाजिक समानता र समुदायका विविध कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उनका कार्यक्रम र अभियानहरूले नेपाली समाजमा दलित अधिकारबारे चेतना फैलाउन सहयोग पुर्याएको बताइन्छ।
उनले सञ्चालन गरेका केही रचनात्मक अभियान, जस्तै शरीरभरि नेल लगाएर दलित समुदायसँग सम्बन्धित सचेतनामूलक गतिविधिहरू, सामाजिक संजाल र मिडियामा समेत चर्चित बनेका छन्।
स्रोतले थप जानकारी दिएअनुसार, मन्त्री नियुक्ति औपचारिक प्रक्रिया र शपथ समारोह पछि सार्वजनिक गरिनेछ।






