अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा १० प्रतिशतले कर बढाउने घोषणा गरेका छन् ।
उनले ओन्टारियो सरकारले प्रसारण गरेको विज्ञापनलाई नक्कली भन्दै कर बढाउने घोषणा गरेका हुन् ।
विज्ञापनमा सन् १९८७ मा अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनको करविरोधी भाषणका अंश प्रयोग गरिएको थियो ।
ट्रम्पले यसप्रति कडा आपत्ती जनाएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसलमा क्यानडाले छलपूर्वक एक नक्कली विज्ञापन प्रयोग गरेको दाबी गरे ।
राष्ट्रपति ट्रम्पले कर नीति अमेरिकाको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको समेत उल्लेख गरे ।
क्यानडाको गैरजिम्मेवार व्यवहारका कारण उनीहरूसँगका सबै व्यापार वार्ताहरू समाप्त गरिएको राष्ट्रपति ट्रम्पको भनाइ छ ।





