काठमाडौं । राजाबादी नेता दुर्गा प्रसाईँले सरकारले आफूहरूलाई वार्ताका लागि आधिकारिक रूपमा बोलाएको भए त्यसलाई स्वागत गर्ने बताएका छन्।
शनिबार एक वक्तव्य जारी गर्दै प्रसाईँले भने,“यदि सरकार वास्तवमै जनताको आवाज सुन्न चाहन्छ र राष्ट्रको हितका लागि संवादको ढोका खोलेको हो भने, हामी त्यसलाई सकारात्मक दृष्टिले हेर्छौँ।”
उनले थपे,“जनताको आवाज सुन्ने यस्तो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ।”
प्रसाईंका अनुसार वार्ताको निम्तो मात्र होइन,राष्ट्र र नागरिकलाई जोगाउने परिणामसहितको ठोस समाधान अब देशले चाहेको छ।






