काठमाडौं । नेपाली समुदायको सम्मानमा अमेरिकाको न्यूयोर्कस्थित बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।
यो कार्यक्रम न्यूयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
अमेरिकी झण्डाको समान उचाइ र आकारमा राखिएको नेपालको झण्डा केही साता सो पार्कमा रहनेछ,
भने नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले जानकारी दिएको छ।
बलिङ ग्रिन पार्कमा सन् १९९६ देखि विभिन्न देशका झण्डा फहराउने परम्परा रहेको छ।
नेपालको झण्डा पहिलोपटक सन् २०२३ मा फहराइएको थियो र त्यसयता हरेक वर्ष यो परम्परा निरन्तर हुँदै आएको छ।
कार्यक्रममा नेपाली महावाणिज्य दूत दधिराम भण्डारी,
सन् २०२३ मा पहिलोपटक झण्डा राख्ने पहलकर्ती युवा संयोजक श्रीया तुलाधर,
बलिङ ग्रिन एसोसिएसनका अध्यक्ष आर्थर पिकालो,
र मेयर कार्यालयका दक्षिण एसियाली सम्पर्क अधिकारी सुक्रानी धनपत लगायतले सम्बोधन गरेका थिए।
उनीहरूले नेपालको झण्डा न्यूयोर्कको सार्वजनिक स्थलमा फहरिनु
नेपाली समुदायको पहिचान र अन्तर्राष्ट्रिय सन्देशको प्रतीक भएको उल्लेख गरे।






