काठमाडौं — गायिका नितु पौडेलको मृत्यु प्रकरणले नेपाली संगीत क्षेत्रसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस निम्त्याएको छ। नितुले गत शनिबार काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। उपचारका क्रममा शुक्रबार उनको निधन भयो।
यो घटनापछि संगीतकार तथा गायक बाबुल गिरीमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ। पौडेल परिवारले नितुको मृत्युलाई आत्महत्या नभई योजनाबद्ध दवाबको परिणाम भन्दै न्याय मागेका छन्।
नितु र बाबुलबीच लामो समयदेखि व्यक्तिगत र पेशागत सम्बन्ध थियो। उनीहरूबीच संगीतका विभिन्न परियोजनामा सहकार्य हुँदै आएको बताइन्छ।
नितु पौडेलको आत्मदाह प्रकरण सामाजिक सञ्जालदेखि मिडियासम्म यो विषय बहसको केन्द्रमा छ। तर, यो घटनाको जरो बुझ्न खोज्दा बाबुल गिरीको अघिल्ला व्यवहार र सम्बन्धका विषयमा पनि धेरै आरोपहरू सतहमा आएका छन्।
श्रोतका अनुसार बाबुल गिरी गायक र संगीतकारका रूपमा चिनिए पनि उनी “प्रेमलाई गम्भीर सम्बन्ध होइन, मनोरञ्जनको रूपमा हेर्ने व्यक्ति” थिए। जब कुनै युवती सम्बन्धमा गम्भीर बन्थिन्, बाबुल बहाना बनाएर टाढा हुने गर्थे।
श्रोतका अनुसार करीब ८–१० वर्षअघि उनी फर्निचर कम्पनीमा काम गर्थे र त्यही बेला एक युवतीसँग प्रेम सम्बन्धमा परेका थिए। ती युवतीले विवाहको प्रस्ताव गर्दा बाबुले ‘परिवारले खोजेको संस्कारी केटीसँग मात्र बिहे गर्छु’ भन्दै सम्बन्ध तोडेका थिए ।
त्यसपछि पनि उनी सुन्दरीजलकी एक युवतीसँग सम्बन्धमा रहे तर त्यो सम्बन्ध पनि विवाहमा परिणत भएन। केही वर्षअघि उनले अरू युवतीहरूलाई ‘म बिहे गर्ने केटी खोज्दै छु’ भन्दै सन्देश पठाउने गरेको आरोप पनि स्रोतले लगाएको छ।
स्रोतका अनुसार बाबुल गिरी र नितु पौडेलबीचको सम्बन्ध पनि सुरुमा प्रेमपूर्ण थियो। तर, समयसँगै बाबुलले नितुसँग पनि गम्भीरता देखाएनन्।
श्रोत का अनुसार बाबुले ‘म त्यस्तो केटीसँग बिहे गर्दिन’ भन्ने समेत गरेका थिए ।
यिनै निराशा, अस्वीकार र भावनात्मक आघातका कारण अन्ततः नितुले आत्मदाह रोज्नुपर्यो भन्ने बुझाइ रहेको छ ।






