काठमाडौं ।
अभिनेता विजय बरालले आफ्नो पहिलो चारपांग्रे सवारी साधन खरिद गरेका छन्। उनले हालै ५७ लाख रुपैयाँ मूल्य पर्ने प्रोटोन ब्राण्डको विद्युतीय गाडी (EV) किनेका हुन्।
“केही समय भयो, अहिले विद्युतीय गाडी लिएको छु,” अभिनेता बरालले भने, “अहिले चलाउने मान्छे नभएर मण्डलामै राखेको छु।”
बराल अहिले ‘कबड्डी ५’ फिल्मको छायांकनका लागि मुस्ताङ जाँदै छन्।
‘पूर्णबहादुरको सारंगी’ फिल्ममा विजयसँगै देखिएका अभिनेता मुकुन भुसालले पनि हालै गाडी खरिद गरेका छन्।
पछिल्लो समय नेपाली कलाकारहरूबीच विद्युतीय सवारीप्रति आकर्षण बढ्दो क्रममा छ।
विजय बराल अभिनित फिल्म ‘वरिष्ठ बलराम’ अहिले देशभरका हलमा प्रदर्शनमा छ। तिहार छेकोमा काठमाडौंमा फिल्म प्रवर्द्धन पूरा गरेर उनी शनिबार साँझ मुस्ताङतिर प्रस्थान गरेका हुन्।






