रुकुमपूर्व — लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो भेला सम्पन्न गरेको छ।
सदरमुकाम रुकुमकोटमा शनिबार सम्पन्न भेलाको उद्घाटन गर्दै रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले पार्टी आगामी निर्वाचनमा देशकै पहिलो शक्तिशाली राजनीतिक दल बन्ने दाबी गरे।
“रास्वपाको विकल्प रास्वपा नै हो,”
पाठकले भने,
“पार्टी सभापति रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोध जनताले मतमार्फत् गर्नेछन्।”
लखनकुमार थापाको नेतृत्वमा तदर्थ समिति गठन
भेलाले लखनकुमार थापाको सभापतित्वमा तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको छ।
नवगठित समितिमा —
सचिव : डिलबहादुर खड्का
सदस्यहरू : रमण खड्का, टेकबहादुर खड्का, सन्देश बुढा, अरुण खड्का, भरत खड्का, भूपेन्द्र देवकोटा, जयराम सुनार, सुनिल मल्ल, अन्चल मल्ल, वसन्त कुमार श्रेष्ठ र सृजना शाही रहेका छन्।
भेलामा शीर्ष नेताहरूको सहभागिता
कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेशका महामन्त्री सिएम उपाध्याय,
प्रदेश अभियान विभाग प्रमुख महेन्द्र उपाध्याय,
अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसाल,
रोल्पा जिल्ला सभापति रमेश थापा,
र रुकुमपश्चिम जिल्ला सभापति मानबहादुर शाही लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
नेताहरूले रुकुमपूर्वको भेलालाई रास्वपाको संगठन सुदृढीकरण र आगामी निर्वाचन तयारीको आधारशिलाका रूपमा मूल्याङ्कन गरेका छन्।






