गत भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवनमा भएको हिंसात्मक प्रदर्शन र आगजनीको घटनाको एक भिडियो क्लिप लाई लिएर सामाजिक संजाल तातिरहेको छ । भिडियो पूर्व फुटबल खेलाडी, कमेन्टेटर एवं विभिन्न रियालिटी शोका निर्देशक अमनप्रताप अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा सार्बजनिक भएको थियो ।
उक्त भिडियो लाई लिएर तत्कालिन प्रधानमन्त्री केपी ओली नजिकका मिडिया तथा कार्यकर्ताले उनको भिडियोको बारेमा अलोचन गरेको पाईएको छ ।
विध्वंसात्मक गतिविधि भइरहँदा अधिकारीले भिडिओ कैद गर्दै तत्कालीन सरकार प्रमुख केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका थिए । उक्त भिडिओ उनले फेसबुकमा राखेका छन् । भिडिओमा उनले पृष्ठभूमिमा जलिरहेको संसद भवन देखाउँदै उत्तेजक र अश्लील शब्दहरू प्रयोग गरेर खुसीयाली मनाएको देखिन्छ ।
भिडिओमा अधिकारीले ‘देखिस्, जल्यो तेरो देश’ भन्दै राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् ।भिडियो मा उनलो देश लुटेर खाएको आफ्ना हरुलाई मात्र आबसर दिएको लगायत कुरा उठाएका छन् । भिडिओको क्याप्सनमा ‘This is how parliament was taken down’ लेखेका छन् । उनको भिडियोको पछाडी केपी चोर देश छोड लगायतका नारा लागेको सुनिन्छ।
सामाजिक सञ्जालमा आफ्नो प्रस्तुतिलाई लिएर आलोचना हुन थालेपछि अधिकारीले शनिबार फेसबुकमा लेखेका छन्, “न्यायको प्रतीक्षामा सहिदका परिवार छन्, घाइतेहरु अझै अस्पतालमा छट्पटाइरहेका छन् । चाकरी छोडौँ, हत्यारा समाउँ !”
विभिन्न चर्चित रियालिटी शोका निर्देशक, प्रस्तोता रहेका उनी प्रख्यात गीतकार/कवि स्व. क्षेत्रप्रताप अधिकारीका छोरा हुन् । उनी साहित्यिक रियालिटी शो ‘द पोयट आइडल’का परिकल्पनाकार र निर्देशक पनि हुन् । यस्तो पृष्ठभूमिका व्यक्तिबाट प्रस्तुत भएको व्यवहार अनपेक्षित रहेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।
केहीले सार्वजनिक व्यक्तित्वबाट अश्लील र असंयमित व्यवहार आउनु दु:खद रहेको मत राखेका छन् भने केहीले तत्कालीन समयमा पोखिएको आक्रोशलाई सामान्य लिनुपर्ने र आन्दोलनलाई विषयान्तर गर्न नहुने तर्क गरेका छन् ।
पछिल्लो समय जेनजी आन्दोलनका फोटो/भिडिओलाई लिएर कलाकारहरू पनि विवादमा मुछिन थालेका छन् ।





