काठमाडौं – अर्घाखाँचीबाट बुटबल जाँदै गरेको लु१ज ५४५२ नम्बरको गाडी छत्रदेव गाउँपालिकाको भवन नजिक दुर्घटना भएको छ।
प्रहरीका अनुसार, दुर्घटनामा ९ घाइते भएका छन्।
उक्त जिपमा १५ जना यात्रु मध्ये २ जनाको अवस्था गम्भीर, बाँकी ७ जनाको अबस्था सामान्य रहेको , घाइते सबैलाई उपचारको लागि सन्धिखर्क जिल्ला हस्पिटलमा पठाइएको छ थप विवरण अहिले आउन बाँकी रहेको छ।
प्रहरीले घटनास्थलमा पहुँच बनाएर घाइतेहरुको उद्धार र दुर्घटनाको कारण पत्ता लगाउने काम अगाडि बढाइरहेको छ।






