शनिबार , कार्तिक ८, २०८२

काठमाडौँ : मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो शुरु भएको छ। यो चिसो मौसमसँगै आएका छन् बसाइँ सर्ने चराहरू। बसाइँसराइ गरी बर्सेनी १०० भन्दा बढी प्रजातिका चरा नेपाल आउँछन्। त्यसमा पनि धेरैजसो पानी चरा र हाँस हुन्छन्। चिल, बाज, फिस्टे र गिद्धजस्ता अरु चरा पनि उपयुक्त मौसम को खोजीमा नेपाल आइपुग्छन्।

हालसम्म ९०० भन्दा बढी प्रजातिका चराहरु नेपालमा अभिलेख भएका छन। कैयौँ प्रजातिका चरा नेपालमा विश्राम मात्र गरेर अन्य देशमा जाने गर्छन् भने कर्‍याङकुरुङ जस्ता अन्य कैयौँ प्रजातिका चरा नेपालमा विश्राम नगरी आकाशबाटै भारततर्फ जाने गर्छन्।

जाडो याममा नेपाल आउने चराहरू कोशी, कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, बर्जु ताल जस्ता ठूला नदी र पोखरीमा बस्न रुचाउँछन्। हरेक वर्ष जनावरी महिनामा देश वरिपरिका प्रमुख बासस्थानमा बसाइँ सरेर आउने पनि चराको गणना हुन्छ र लाखौँको सङ्ख्यामा अभिलेख गरिन्छ।

चखेवा, खोया हाँस्, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्छ्रे, आदि चराहरु ठूलो सङ्ख्यामा नेपाल आउँछन् भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँस जस्ता चरा भने निकै कम संख्यामा आउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय