latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका ५ जनाको शव फेला परेको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वीरबहादुर तामाङले जनाएका छन् ।


घटनास्थलमा पुगेका वडाध्यक्ष तामाङले ५ जनाको शव फेला परेको जानकारी दिए ।

‘म अहिले घटनास्थलमै छु । यहाँ ५ जनाको शव जलेको अवस्थामा फेला परेको छ,’ वडाध्यक्ष तामाङले भने ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि १ बजेर ५४ मिनेट जाँदा उडेको हेलिकप्टर दुर्घटनामा परेको हो ।

‘यहाँ चुचुरोमा ठोकिएर दुर्घटना भएजस्तो देखिन्छ,’ वडाध्यक्ष तामाङले भने, ‘हेलिकप्टर टुक्रा–टुक्रा भएको छ, केही बाँकी छैन ।’

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । अन्य ४ जना यात्रु चिनियाँ नागरिक रहेको जानकारी आएको छ ।उनीहरू जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय