पोखरा – शनिवार बिहान पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। कास्की प्रहरीले घटना पुष्टि गरेको छ।

प्रारम्भिक जानकारीअनुसार, ईश्वर तिमिल्सिना नामक व्यक्तिले विवादपछि घर फर्कने क्रममा पराजुलीमाथि आक्रमण गरेका थिए। कास्की प्रहरीले तिमिल्सिनालाई नियन्त्रणमा लिइसकेको छ।

स्रोतका अनुसार, हत्या गरिएका अनिल पराजुली र पक्राउ परेका ईश्वर तिमिल्सिना साथीबीचको विवादका कारण भिडन्त भएको थियो। पराजुलीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

कास्की प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, “घटनाबारे थप अनुसन्धान भइरहेको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय